Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मेस्सीले भने- म बार्सिलोनामै फर्किन चाहन्छु

Monday, November 1, 2021 National Power

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका छन् । प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् ।

बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् । ‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु,’ स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।

उनले अगाडि भनेका छन्, ‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’