Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै ‘मिस लिटिल नेवा’ का प्रतिस्पर्धीहरु

Monday, October 25, 2021 Devil Singh Rajput

काठमाडौँ — कार्तिक ८, २०७८।

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्येश्यले नेप्लीज फेसनहोमले हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस लिटिल नेवा’ को १३ औं संस्करण राजधानीमा जारी छ । जस अन्तर्गत आइतबार मिस लिटिल नेवा को प्रतिस्पर्धिको व्याक्तित्व बिकास कार्यक्रम अन्तरगत छाला, कपाल र सुन्दरता सम्वन्धी बिबिध जानकारी प्रदान गर्दै यसको महत्व बुझाउन नेप्लिज फेसन होम ले प्रतियोगीहरु लाई काठमाडौं मल स्थित ग्लो ब्यूटी स्टुडियोमा सौन्दर्यकर्मी तथा व्यवसायी दिपिसा बिसीद्वारा सौन्दर्यतासम्वन्धी बिशेष कक्षा संचालन गर्यो।

कोरोना भाइरसको संक्रमणका कारण बिगत दुईबर्ष देखी आयोजना हुन नसकेको मिस लिटील नेवा यो वर्ष भने विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन भै रहेको आयोजक संस्था नेप्लीज फेसनहोमकी अध्यक्ष हेमा मानन्धरले जनाईन।

१३ औं संस्करणको यो प्रतियोतिमा काठमाडौं, भक्तपुर र पाटनका गरी विभिन्न २० स्कुलबाट २२ जना किशोरी अन्तिम प्रतिस्पर्धामा उत्रँदैछन्। नेवार समुदायका किशोरीहरुको आत्मविश्वास र क्षमता अभिबृद्धीका लागि विगत लामो समयदेखि नेप्लीज फेसनहोमले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।