Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

सङ्गीतकार ज्योतिप्रकाशको दिलमा सजाउन छोडेँ को भिडिओ सार्वजनिक

Monday, September 27, 2021 National Power

काठमाण्डौ – गायक एवं सङ्गीतकार ज्योतिप्रकाशले सङ्गीत भरेको गीत दिलमा सजाउन छोडेँ को भिडिओ सार्वजनिक भएको छ । डा। बी. पी. भुसालको शब्दरचना रहेको यस गीतमा प्रवीण बेडवालले आवाज दिएका छन् भने मन्धर सुनामको सङ्गीत संयोजन रहेको छ । बेनिश थापाको निर्देशनमा तयार भएको यो भिडिओमा राज पोख्रेलको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा मनोज वली, प्रीति श्रेष्ठ, सुरज कपाली, आकाश गहतराज, महिमा भुजेल र समुन्द्र कार्कीले अभिनय गरेका छन् ।
शिलन लम्सालले सम्पादन गरेको यो भिडिओ ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत वियोगान्त भावमा रहेको छ िमाया प्रेमका विभिन्न प्रसङ्गलाई गीतको शब्दका भावमा उठान गरिएको कुरा सङ्गीतकार ज्योतिप्रकाशले बताए । लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील गायक एवं सङ्गीतकार ज्योतिको आफ्नै आवाज र सङ्गीतमा यसभन्दा अघिपनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । साथै, उनले विभिन्न संस्थाहरुद्वारा आयोजित अवार्ड समारोहहरुमा म्युजिक अवार्डहरु पनि प्राप्त गरेका छन् ।