Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सङ्गीतकार ज्योतिप्रकाशको दिलमा सजाउन छोडेँ को भिडिओ सार्वजनिक

Monday, September 27, 2021 National Power

काठमाण्डौ – गायक एवं सङ्गीतकार ज्योतिप्रकाशले सङ्गीत भरेको गीत दिलमा सजाउन छोडेँ को भिडिओ सार्वजनिक भएको छ । डा। बी. पी. भुसालको शब्दरचना रहेको यस गीतमा प्रवीण बेडवालले आवाज दिएका छन् भने मन्धर सुनामको सङ्गीत संयोजन रहेको छ । बेनिश थापाको निर्देशनमा तयार भएको यो भिडिओमा राज पोख्रेलको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा मनोज वली, प्रीति श्रेष्ठ, सुरज कपाली, आकाश गहतराज, महिमा भुजेल र समुन्द्र कार्कीले अभिनय गरेका छन् ।
शिलन लम्सालले सम्पादन गरेको यो भिडिओ ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत वियोगान्त भावमा रहेको छ िमाया प्रेमका विभिन्न प्रसङ्गलाई गीतको शब्दका भावमा उठान गरिएको कुरा सङ्गीतकार ज्योतिप्रकाशले बताए । लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील गायक एवं सङ्गीतकार ज्योतिको आफ्नै आवाज र सङ्गीतमा यसभन्दा अघिपनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । साथै, उनले विभिन्न संस्थाहरुद्वारा आयोजित अवार्ड समारोहहरुमा म्युजिक अवार्डहरु पनि प्राप्त गरेका छन् ।