Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे

Tuesday, September 21, 2021 Devil Singh Rajput

काठमाडौँ — आश्विन ५, २०७८।

ग्रेट भिजन मिडियाको आयोजनामा संचालित ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को उपाधी मनिष पाण्डेले हात पारेका छन।

विश्वव्यापी संकटको रुपमा देखापरेको कोभिडको त्रास र खतराको बीचमा मनोरन्जन प्रदान गर्ने र लुकेर रहेका प्रतिभाको क्षमता उजागर गर्ने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजन गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक के. डी. भट्टराईले जनाए।

आयोजक भट्टराईले दिएको जानकारी अनुसार २१ जना प्रतियोगीहरु सहभागी भएको उक्त प्रतियोगितामा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै पाण्डे ले उपाधी जितेका हुन।

प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक गोबिन्द राई, वरिष्ठ अभिनेत्री मौषमी मल्ल र मोडल तथा एक्टर एसराज गराच रहेका थिए ।निर्णायकहरुको निर्णयसंगै युट्युबको भ्युज र ग्लोवल अनलाईन पे मार्फत संचालित अनलाईन भोटिङ मार्फत विजेताको छनौट गरिएको हो ।

विजयी पाण्डेले नगद पुरस्कार, अवार्ड, ट्रफीको साथै म्युजिक भिडियो, सर्ट मुभि र वेभ सिरिजमा अभिनय गर्ने अवसर सहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन।

ग्रेट भिजन मिडियाद्वारा आयोजित सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेको अवसरमा विजयी प्रतिस्पर्धीलाई पुरस्कार हस्तान्तरण गरिने आयोजक भट्टराईले जनाएका छन ।