Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल’को अडिसन सुरु

Tuesday, September 7, 2021 Devil Singh Rajput

‘मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल –2021’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

एकेज इभेन्टस एण्ड इन्टरटेनमेन्ट कम्पनीले काठमाडौँमा आयोजना गर्न लागेको उक्त प्रतियोगिताको आउँदो शनिबारबाट अडिसन सुरु हुँदैछ ।

प्रतियोगितामा १५ देखि २६ वर्षका युवा, युवती सहयोगी हुन पाउने छन् । प्रत्यक्ष तथा भर्चुअल रुपमा हुन लागेको उक्त अडिसनलाई  काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।

अडिसनमा काठमाडौँ भेगका प्रतियोगीहरू प्रत्यक्ष सहभागि हुने छन् भने उपत्यका बाहिरका प्रतियोगीहरूको भर्चुअल अडिसन हुने छ ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूको तालिम लगायत अन्य तयारीको व्यवस्थापन एकेज इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट कम्पनीले गर्ने कम्पनीका सीइओ आयुष कुमार सिंहले जानकारी दिए ।

उक्त प्रतियोगितामा विजेता बन्नेले नगद तथा स्कुटर, बाइकको साथमा अन्य पुरस्कार पाउने छन् ।

उक्त सौन्दर्य प्रतियोगिताको दशैँ अघिनै अडिशन सक्ने योजना रहेको कम्पनीका सीइओ आयुष कुमार सिंहले जानकारी  दिए ।