Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दिन दुखी गरिब देखी भगवानको बास स्थान सम्म ; रत्नकुश रंन्जित

Sunday, September 5, 2021 National Power

कमजोर आर्थिक अवस्था भएका दलित फरक क्षमता भएका परिवार, अनाथ, एकल महिला, आगलागीबाट क्षेति भएका परिवारहरु लाई सामाजिक अभियन्ता तथा काभ्रेका युवा नेता रन्तकुश रंन्जितले घर नै बनाइदिने देखी लिएर खाद्यान्न वितरण गरेका छन् । अभियान अन्तर्गत १२ सय घर परिवार सेवा बाट लाभान्वित भैसकेका छन् ।

बनेपा नगरपालिका वडा नम्बर ९ निवासी चमेली बिश्वकर्माको आर्थिक अवस्था र समस्यालाई मध्यनजर गर्दै समाजसेवि तथा नेकपा एमाले काभ्रेका युवा नेता रंन्जितले सहयोग गरेका छन् । घर निर्माणको लागी अग्राखको झ्याल, ढोका, चौकोस र खापा सहयोग गरेका हुन् ।  
उता रन्जितले गरिबको छानो छाउने देखि लिएर मठ मन्दिर निर्माणको लागि पनि विशेषरुपमा लागि परेका छन् । उनले बिकटेशोर महादेव मन्दिर पुनःनिर्माणको लागि पनि सहयोग गरेका हुन । बिकटेशोर महादेव मन्दिरको पाटी निर्माण तथा संरक्षणको लागी छिन्नमस्तक नरायणमा रू. २५,०००÷–पच्चीस हजार सहयोग गरेका छन् ।  रंन्जित दिन दुखि, असाय, बिपन्न र उत्पिडित समुदायको सहारा बन्न पुगेका हुन् । मान्छेको सबै भन्दा ठुलो आवश्यकता गाँस बास र कपास मध्ये बासस्थान पनि एक हो । उक्त सहयोग कार्यक्रममा नेकपा एमालेका नेता सिताराम दाहाल, नगर युवा नेता बिक्रम प्रजापति, अर्का युवा नेता तेज नेपालीको उपस्थितिमा सहयोग गरेका थिए ।