Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

ललितपुरमा खुल्यो पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च

Sunday, September 5, 2021 National Power

काठमाडौं – पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ सहित १० औं बार्षिकोत्सब भव्यताको साथ् सम्पन्न भएको छ। पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरको कुमारीपाटीमा संचालनमा ल्याइएको छ। उक्त पार्लरको पहिलो शाखा  पुल्चोक ललितपुर रहेको छ । बरिष्ट सौन्दर्यकर्मी रिना अवालेले संचालनमा ल्याएकी  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्चको बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी कारंजितले रिवन काटेर उद्घाटन गरेकी छिन ।

बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी कारंजितले उद्घाटनका क्रममा रिना अवाले द्वारा संचालित पहिलो पार्लर भन्दा अहिलेको  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सुविधा सम्पन्न भएको भन्दै यसले ग्राहकलाई अझ बढी सेवा-सुविधा दिने र आकर्षण बढाउने बताईन् । रिना आफैंमा सफल र प्रतिभाशाली सौन्दर्यकर्मी भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् ।

रिना बिगत लामो समय देखि केराटिन टेक्निसियन, हेयर स्टाईलिस्ट र ब्युटिसियनको रुपमा लोकप्रिय छिन् । यो नयाँ ब्युटी होमको स्थापनाको १० औं वार्षिकउत्सबको अबसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उनले बताईन् । अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर अत्याधुनिक प्रबिधि र सम्पूर्ण सुविधा सम्पन्न रहेको पनि उनले बताईन्। महिलाहरुको लागि सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा र ब्युटिसियन सम्बन्धि, बेसिक, एड्भान्स, र डिप्लोमा कोर्स सम्म ट्रेनीङको ब्यबस्था रहेको उनले जानकारी गराईन ।

 

उक्त अवसरमा बिसेष अतिथि बरिष्ट सौन्दर्यबिद रुस्का श्रेष्ठले पानसमा बत्ति बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गर्दै सफलताको शुभकामना ब्यक्त गरेकी थिइन् । त्यसैगरी सो उद्घाटन समारोहमा बरिष्ट सौन्दर्यकर्मी रचना  शाक्य, रेणु राना मगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिए ।

 

पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको १० औं बार्षिकोत्सबको उपल्क्ष्यमा बरिष्ट सौन्दर्बिद रश्मिला श्रेष्ठ, सौन्दर्यकर्मी सुलोचना श्रेष्ठ, अनिता खड्का, कमला लामिछाने, पुनम श्रेष्ठ, मेनुका सिवाकोटी, समाजसेवी अन्जु बुढाथोकी, रबिना केसी, निकिता पाण्डे, लोकप्रिय गायिका मंजु पौडेल, ऋतु कंडेल, फेसन डिजाइनर इन्ता श्रेष्ठ, काजल शर्मा, सुष्मा सिंह, गोमा अधिकारि धिताल, पत्रकार डब्बु क्षेत्रि, कलाकार सुगत कारंजित, समाजसेवीहरु नारयण अधिकारि, कैलास श्रेष्ठ, सोनु श्रेष्ठ, एन्फा उपाध्यक्ष सुन्दर थापा, माछापुच्छ्रे बैंकको ब्रान्च म्यान्जेर अनिता सुबेदी शर्मा लगायतको बाक्लो उपस्थिति रहेको थियो।

अध्यक्ष रिना अवालेले उक्त अबसरमा बोल्दै  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर १० औं बर्ष सम्म आइपुग्दा हजारौं नयाँ सौन्दर्यकर्मीहरु उत्पादन गरेर उनीहरुलाई आत्मानिर्भर तथा स्वरोजगार बनाएको र पार्लर बाट सामाजिक कार्य समेत उत्तिकै योगदान दिएको बताइन।  त्यसैगरी मुलुक भित्र रहेका प्रमुख शहरहरुमा गएर केराटिन तथा हेयर सम्बधिका विभिन्न ट्रेनीङ, सेमिनार र गोष्टि समेत गराउदैं आएको जानकारी गराईन भने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद समेत दीइन।

उक्त अबसरमा ११ जना नयाँ सौन्दर्यकर्मीहरुलाई प्रमाण-पत्र वितरण गर्नुको साथै उपस्थित अथितिहरु लाइ मायाको चिनो तथा उपहार प्रदान गरिएको थियो भने सपोटर कम्पनिहरुलाई समेत मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो । १० औं वर्षको अबसर पारेर केक काटेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको उत्सब मनाइएको थियो भने सौन्दर्यकर्मी प्रतिभा शाही र सकुन्तला अवालेलाई बिसेष सम्मान गरिएको थियो। कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार सुर्य चन्दले गरेका थिए।