Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘द मम्’- व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

Friday, September 3, 2021 Devil Singh Rajput

काठमाडौं — भाद्र १८, २०७८।

मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए ।

कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ ।

सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।

‘द मम्’ अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको क्षेत्र हो, त्यसैले यहाँ अनेक खालका चर्चा परिचर्चा हुनु स्वभाविक मानिन्छ, यद्यपी हामी गसिप चाहदैनौ, यस अर्थमा हामीले प्रतियोगितालाई मनोरन्जनको दृष्‍टिकोणबाट मात्र नहेरी आमा बनिसक्नु भएका नारी/ महिलाहरुको क्षमतालाई मुखरित गर्न, ग्रुमिङको अवसर दिलाउन प्लेटफर्म विकास गर्ने लक्ष्यका साथ अघि बढेका छौं’ ।

अनलाईन फाराम लिङ्क —
https://themomnepal.com/form