Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भारतीय युथ स्पोर्ट्स काउन्सिलद्वारा पोल बल हस्तान्तरण

Monday, August 16, 2021 National Power

काठमाडौं –  भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ । युथ स्पोर्ट्स क्लब इन्डियाको सहयोगार्थमा शनिबार गोर्खा पोलब्रेकर्स संघलाई पोल बल हस्तान्तरण गरिएको हो । भारतीय युथ स्पोर्ट्स काउन्सिलका अध्यक्ष दीपक कडारियाले गोर्खा पोलब्रेकर्स संघका संस्थापक अध्यक्ष उद्धवनारायण श्रेष्ठलाई ५ सय बल हस्तान्तरण गरेका थिए ।

वीरहरुको देश नेपालमा जन्मिएको व्यक्तिसँग जोडिन पाउँदा निकै खुसी लागेको र त्यसमा पनि सहयोग गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको भारतीय युथ काउन्सिलका अध्यक्ष कडारियाले बताए । अहिले पोलब्रेकर्स खेल नेपाल, भारत, भुटान, कतार र अमेरिकामा गरी पाँच देश पुगेको नेपाल पोलब्रेकर्स संघका अध्यक्ष श्रेष्ठले बताए ।

बिस्तारै यो नेपाली खेल विश्वभर फैलिएर नेपाल र नेपालीको नाम विश्वभर चम्किने अध्यक्ष श्रेष्ठको विश्वास छ । ‘अर्को वर्ष कोरोना महामारी कम भयो भने दक्षिण एसियाली राष्ट्रबीच पोलब्रेक प्रतियोगिताको आयोजना गर्ने तयारी गर्छौं,’ संघका अध्यक्ष श्रेष्ठले भने ।