Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

भारतीय युथ स्पोर्ट्स काउन्सिलद्वारा पोल बल हस्तान्तरण

Monday, August 16, 2021 National Power

काठमाडौं –  भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ । युथ स्पोर्ट्स क्लब इन्डियाको सहयोगार्थमा शनिबार गोर्खा पोलब्रेकर्स संघलाई पोल बल हस्तान्तरण गरिएको हो । भारतीय युथ स्पोर्ट्स काउन्सिलका अध्यक्ष दीपक कडारियाले गोर्खा पोलब्रेकर्स संघका संस्थापक अध्यक्ष उद्धवनारायण श्रेष्ठलाई ५ सय बल हस्तान्तरण गरेका थिए ।

वीरहरुको देश नेपालमा जन्मिएको व्यक्तिसँग जोडिन पाउँदा निकै खुसी लागेको र त्यसमा पनि सहयोग गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको भारतीय युथ काउन्सिलका अध्यक्ष कडारियाले बताए । अहिले पोलब्रेकर्स खेल नेपाल, भारत, भुटान, कतार र अमेरिकामा गरी पाँच देश पुगेको नेपाल पोलब्रेकर्स संघका अध्यक्ष श्रेष्ठले बताए ।

बिस्तारै यो नेपाली खेल विश्वभर फैलिएर नेपाल र नेपालीको नाम विश्वभर चम्किने अध्यक्ष श्रेष्ठको विश्वास छ । ‘अर्को वर्ष कोरोना महामारी कम भयो भने दक्षिण एसियाली राष्ट्रबीच पोलब्रेक प्रतियोगिताको आयोजना गर्ने तयारी गर्छौं,’ संघका अध्यक्ष श्रेष्ठले भने ।