Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक

Monday, August 2, 2021 National Power

काठमाण्डौ – पेशागत रुपमा कुशल गीतकारको छबी बनायका प्रिय गीतकार अनिल खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ बजारमा आएको छ। पछिल्लो समयमा लाइभ दोहोरीबाट चर्चामा आयकी गायिका आशा बि सी ले उक्त गीतमा सुमधुर आवाज भरेकी छिन । गीतकार खनालले नेपाली लोक जीवनको परिवेशलाई टपक्क टिपेर गीतमा गुथेका छन् गीतको लय एवं संगीत पनि स्वंयम खनालले नै गरेका हुन् । “घिन्ताङ घिन्ताङ मादल बज्यो सारङ्गी झैँ मन रेटी नाँचे बरिलै । ए आमा‘ यो तीजमा माइत आउन पाइन । अर्को साल आउँला नि बाँचे बरिलै । जस्ता ग्रामीण जीवनको मर्मपरक शब्दहरु समाहित गितको भिडियोमा पनि सुन्दर पक्षहरु धेरै भेटिन्छन ।

विवाह गरेर घरमा गएकी चेली बर्षाको समयमा माइत आउन नसकेको भन्दै तीजमा आमासँग अर्को सालमा आउने बिलौना गरिरहेकी पात्रलाई भिडियोमा हेर्दा हरेक नारी हिर्दय छुन्छ नै ।

गीतका एरेन्जर चुमान काउछाले निर्देशन गरेको म्युजिक भिडियोमा आशा बिसी र केशव पाण्डेको अभिनय रहेको छ । मञ्जरी क्रियशन यूट्युब च्यानल मार्फत बिहीवारबाट बजारमा आएको यो गितको भिडियो सम्पादन नारायण मगरले गरेका हुन्। अनिल खनालका सय भन्दा बढी गीत नेपाली गीत संगीत बजारमा छन ।