Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भीम रावलले फिर्ता लिए राजीनामा

Friday, July 23, 2021 National Power

काठमाडौं –  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। नेता रावलले सभामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारस्थित संसद सचिवालयमा भेटेर राजीनामा फिर्ता लिएका हुन्। ‘नेकपा एमालेका सांसद भीम रावलले राजीनामा फिर्ता लिनु भएको छ’, सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले  भने, ‘उहाँको राजीनामा संसद सचिवालयमा आएको थियो। सभामुखसँगको आवश्यक परामर्शपछि उहाँको राजीनामा फिर्ता भएको हो।   उनले साउन ३ गते संघीय सांसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामा घोषणा गरेका थिए। उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाएको थिएन।

स्रोतका अनुसार एमाले एक बनाउन ओली पक्षसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हटेका हुन्। राजीनामा फिर्ताबारे उनले बुधबार भएको भेटमा नेपालसँग छलफल गरेका थिए। नेता नेपालले कार्यदलको १० बुँदे सहमति अनुसार एमालेमै रहेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि रावल राजीनामाबाट पछि हटेको स्रोतको दाबी छ।

रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले दबाब दिएका थिए। राजीनामा घोषणा गर्ने दिन पनि अर्का नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न जोड गरेका थिए। तर, संसद भवन परिसरमै रावलले राजीनामा पत्र बाचन गरेका थिए। आजै प्रतिनिधि सभाको बैठक बस्दैछ।