काठमाडौं – राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको टिप्पणी गरेका हुन् ।
नागरिकताविहीन हुनेहरुको पीडाले सांसदहरुलाई छुन नसकेको सांसद राईले बताइन् । ‘हामी संसदमा बस्ने सांसदहरु नागरिकताविहीन छैनौं, हाम्रा छोराछोरी पनि नागरिकताविहीन छैनन् । त्यसैले यसले हामीलाई कति छोएको छ शंका लागेको छ’ उनले भनिन् ।
यदि दलीय सहमति नजुटेर विधेयक अगाडि नबढेको भए यति ठूलो जनसरोकारको विषयमा सांसदहरुले फ्लोर क्रस गर्न सक्नुपर्ने सांसद राईले बताइन् । ‘दलीय सहमति नजुटेर पास भएको छैन भने फ्लोर क्रस गर्ने चलन बसिहाल्यो, त्यस्ता कुरामा फ्लोर क्रस गरौं, जसले जनताको टड्कारो आवश्यकता पूर्ति हुन्छ’ उनले भनिन् ।
संसद अधिवेशन शुरु हुनेवित्तिकै सांसदहरुलाई नागरिकताविहीन युवाहरुले एसएमएस पठाउने गरेको भन्दै सांसद राईले ती युवाहरु नेपाली भएर पनि संविधानले दिएको मौलिक हक उपयोग गर्न नपाएको बताइन् ।
संविधान अनुसार नेपाली नागरिक आमाको सन्तानले पनि नागरिकता पाउने व्यवस्था गरेको भन्दै उनले संविधान जारी भइसकेको ५ वर्षसम्म किन संविधान कार्यान्वयन हुन नसकेको भनी प्रश्न गरिन् ।
‘कानुन संविधानसँग बाझिन्छ भने संविधानमा भएको कुरा लागू हुन्छ, तर त्यही कुरा लेखेर आएको विधेयक किन पास हुदैन ?’ उनले प्रश्न गरिन् ।


काठमाडौं – नेपाली संगीत क्षेत्रमा नयाँ गीत “तिनपानेको झोल” सार्वजनिक भएको छ। गायक डिजराज...
काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको नेतृत्वमा समिर बलामीले पुनः बाजी मारेका छन्। शनिबार...
काठमाडौं- नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली अभिनेत्री सानिया खानले काठमाडौं महानगरपालिका –नागार्जुन १, रानीबनमा अत्याधुनिक सुविधा...
काठमाडौं – नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर...
नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय...
काठमाडौं – नेपाली कला र सर्जनाको सम्मान, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ संस्करणको...