Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अमेरिकामा सुमनको ‘लेक्सिनटन दोहोरी’

Wednesday, July 21, 2021 National Power

काठमाडौं–युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू भएको छ । यो कार्यक्रममा विष्णु डुम्रेकाे नेतृत्वमा हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली ,  र गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल छन् । त्यस्तै गायिकातर्फ रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा छन् । कार्यक्रमममा वाद्यवादनमा मादलमा गणेश खड्का, हार्माेनियममा सनातन रेग्मी, गिटारमा कृष्ण राना, तबेलामा उद्धवराज उप्रेती छन् । कार्यक्रममा एनआरएनएका अमेरिका केन्टकी च्याप्ट अध्यक्ष केशवराज लोहनी, स्थानीय नेपाली संस्था फोनाका पूर्व अध्यक्ष रामप्रसाद खनाल र कवी, डमरू पौडेललगायत अतिथी थिए । सम्राट क्रिएसनको च्यानलबाट प्रसारण हुने कार्यक्रमको छायांकन पवन गौतम, राजु तिमल्सिना र अक्की शर्मा छन् । कार्यक्रमको सञ्चालन निर्देशक सुमन दाहालले गर्नेछन् ।