हेर्नुहोस प्रेश बिज्ञप्ति: लामो अन्योल र अस्थिरता पार गर्दै मुलुकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार पाएको छ । आम नागरिकले जस्तै म पनि यो सरकारले पूर्ण इमान्दारिताका साथ नागरिकको पीरमर्का बुझेर काम गरोस् भन्ने चाहन्छु । विषम परिस्थितिमा गठन भएको यो सरकारलाई असफल हुने कुनै सुविधा उपलब्ध छैन । जुनसुकै मूल्य चुकाएर पनि देश र जनताको यावत समस्या सम्बोधनमा खट्नु यो सरकारको प्रमुख दायित्व हो । विगतको सरकारले महामारीले थलिएका नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न र जनजीविका असहज भएका नागरिकलाई सहयोग गर्नका लागि खर्च गर्नुपर्ने समय सबै राजनीतिक दाउपेच र भ्रष्टाचारमा निर्लिप्त रहँदा नागरिकमा अत्यन्त निराशा उत्पन्न भएको छ । विद्यमान स्वास्थ्य समस्या, महामारीका कारण ठप्प भएको आर्थिक क्रियाकलाप र सामाजिक समस्याको मिहिन समीक्षा गरी त्यसको समाधानमा सरकार लाग्नु अत्यावश्यक छ ।
महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय यथेष्ठ मात्रामा खोप प्राप्त गर्नु नै प्रमुख प्राथमिकता हो । केही नागरिकले खोप पाएका छन् तर अधिकांश यो सुविधाबाट बञ्चित भएको अवस्था छ । खोपमा पनि अनियमितता भएको र खोप पाउनु पर्ने वर्ग तथा समुदायको खोपमा पहुँच नपुगेको भन्ने आम गुनासो छ । टाठाबाठा र पहँुचवालाहरुले नियम मिचेर खोप लिएका समाचार निरन्तर सार्वजनिक हुदै आएका छन् । खोप सबैले पाउनु पर्दछ त्यसमा कुनै द्धिविधा छैन तर यसको प्राथमिकता भने निर्धारण गरी त्यसमा कडाई गरिनु आवश्यक छ । दैनिक काम नगरी खान नपुग्ने श्रमिक÷मजदुरहरु वा सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन र आपुर्तिमा योगदान गर्ने वर्गलाई खोपमा उच्च प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ ध्यान पुगेको छैन । विद्यार्थी र शिक्षकहरु जसको काँधमा मुलुकको भविष्य र आशा अडिएको छ, उनीहरुलाई खोप दिने कार्यमा पनि अलमल देखिन्छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले उच्च प्राथमिकताका साथ श्रमिक तथा मजदुरलाई खोप उपलब्ध गराउनु पर्दछ । साथै विद्यार्थी र शिक्षकलाई पनि प्राथमिकताका साथ खोप प्रदान गरी पठन पाठन नियमित गर्नु अति आवश्यक छ । यो सरकारले खोप अनुदानको रुपमा मात्र लिने होइन आवश्यक परेमा आफैले खर्च गरेर पनि यथासक्य छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनु पर्दछ । नागरिकको जीवन रक्षा सरकारको प्रथम दायित्व हो भन्ने तथ्यलाई यो सरकारले आत्मसात गर्नेछ भन्नेमा म विश्वस्त छु । विशेष गरी श्रमिक÷मजदुर, विद्यार्थी र शिक्षकलाई उच्च प्राथमिकताका साथ खोप उपलब्ध गराउन म सरकारसँग आग्रह गर्दछु ।
जय नेपाल !
शंकर भण्डारी
केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख
नेपाली कांग्रेस


नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय...
काठमाडौं – नेपाली कला र सर्जनाको सम्मान, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ संस्करणको...
काठमाडौँ – राजधानी काठमाडौँमा १६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी...
काठमाडौँ – ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासलाई लक्षित गर्दै आयोजना गरिएको ‘न्युलुक ब्युटी...
काठमाडौँ- एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम...
काठमाडौं- ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण बैशाख १५ देखि १७ गतेसम्म...