Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्र कुईनेटोको शिर्ष गीत सार्वजनिक

Monday, July 19, 2021 National Power

काठमाण्डौ– मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठले गरेका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनार हुन् ।

हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर शव्द र संगीत रहेको छ ।
गीतको लिंक