Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले देउवालाई विश्वासको मत नदिने

Sunday, July 18, 2021 National Power

काठमाडौं- नेकपा ९एमाले० का सांसदहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । यी चारै जना सांसद माधव नेपालनिकट हुन। माधव नेपालले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

नेकपा ९एमाले० ले संस्थागत रुपमा निर्णय गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर, नेपाल पक्षले भने विश्वासको मत दिने भनिसकेको छ । र, विश्वासको मत दिँदा सांसदहरुलाई ह्वीप नलाग्ने भनेर सर्वोच्च अदालतले आदेशमा नै भनिसकेको छ ।