Sunday 1st December 2024

    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना    बुद्ध धर्मका तीन प्रमुख यानहरू 'थेरवाद, महायान र बज्रयानमा आधारित 'परित्राण’ पुस्तक विमोचन

देउवाले विश्वासको मत पाउने, यस्तो छ संसदको अंकगणित

Sunday, July 18, 2021 National Power

काठमाडौंं- संसदीय राजनीतिमा लामो अनुभव सँगालेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको राजनीतिलाई नयाँ मोडमा लगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता बर्हिगमन हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सफल भएका छन् ।

देउवाले संविधान बमोजिम आज विश्वासको मत लिदैछन् । विश्वासको मत लिन उनलाई प्रतिनिधि सभामा हाल रहेका २६७ सांसदमध्ये १३४ को समर्थन भए पुग्छ ।
देउवालाई स्पष्ट बहुमतको साथ पुग्ने देखिइसकेको छ । देउवालाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधव नेपाल पक्षधरको २३, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरको १३ सांसदको यसअघि नै समर्थन थियो ।

केही दिनको राजनीतिक घटनाक्रमले जसपाको यादव पक्षमा ६ सांसद थपिएर १९ पुगेको छ । माधव नेपाल पक्षधरमा पनि सांसद संख्या थपिने संकेतहरु देखिएको छ । राष्ट्रिय जनमोर्चाका १ सांसदको पनि देउवालाई साथ मिल्ने भएको छ । देउवाले यसकारण पनि १६० सांसदको समर्थन पाउने देखिएको छ । जुन बहुमतभन्दा २६ मत बढी हो ।

विश्वस्त स्रोतका अनुसार माधव नेपाल पक्षसँग अहिले ३० भन्दा बढी सांसद छन् । उनको पक्षका हस्तीहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतले विद्रोह गर्ने र विश्वासको मत नदिने संकेत गरेका छन् । यद्यपि, उनीहरुको साथ विना पनि माधव नेपालसँग आवश्यक सांसद रहने बुझिएको छ ।

जसपामा १९ देखि २० सांसद विश्वासको मतको पक्षमा छन । सत्ता राजनीतिले माधव नेपाल र उपेन्द्र यादवको शक्ति ह्वात्तै बढेको छ । उनीहरुसँग सांसद संख्या थपिएका छन् ।