Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नायक संजित भण्डारी निर्देशक खरेललेको चलचित्रमा अनुबन्धित

Friday, July 16, 2021 National Power

काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र पहिलो सातावाट छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।
पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।
यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।
चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको र वाँकी कलाकारहरुलाई केही दिन भित्रै छनौट वर्कसप संचालन गर्ने खरेलले बताएका छन् । शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको भदौ पहिलो साताबाट छायाँकन सुरु हुँदैछ ।