Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

काभ्रेमा गठन भयो मोबाइल व्यवसायीहरुको संघ

Saturday, July 10, 2021 National Power

बनेपा- मोबाइल व्यापारीहरुको हक हितको लागि मोबाइल व्यवसायीहरुको संघ गठन भएको छ । 

काभ्रेका मोबाइल व्यवसायीहरु एक जुट भएर संगठित भएका छन् । लामो समयदेखि मोबाइलको व्यवसायमा लागेका व्यवसायीहरुले काभ्रे मोबाइल व्यवसायी संघ गठन गरेका हुन् । मोबाइल व्यवसायीहरुको हकहित र स्वच्छरुपमा व्यवसाय प्रवर्द्धनका लागि संघ गठन गरिएको मोबाइल व्यावसायि संघका सदस्य दिपेन्द्र श्रेष्ठले राम्रो सन्देश लाई जानकारी दिए ।

संघको अध्यक्षमा सत्य श्रेष्ठ, उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा पवनराज कर्णजित र कोषाध्यक्षमा मधुर दाहाल चयन भएका छन् । यस्तै सह- सचिवमा अमिर रन्जित, सह-कोषाध्यक्षमा विशाल ढकाल तथा कार्यसमिति सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ, सुजन ताम्राकार र रोशन श्रेष्ठ चयन भएका छन् ।