Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेपाली खेलकुदको इतिहास संकलन र अभिलेखिकरण शुरु

Tuesday, July 6, 2021 National Power

काठमाडौं – नेपाल ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको डिजिटल अभिलेख राख्ने उद्देश्यले वेवसाइटको सुरुवात गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस नेपाल डट ओआरमी  वेबसाइटको उद्घाटन गरे ।

पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण शुरु भएको हो । यसका लागि ओलम्पिक सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो र यसको औपचारिक सुरुआत पछिल्लो मंसिर १ मै भएको हो ।

उद्घाटन कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गर्ने बताउँदै नेपाली खेलकुद इतिहास निकै पुराना भएपनि यसलाई अभिलेखीकरण गर्नुपर्ने काम धेरै भएको बताए ।

उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहने पनि बताए । यस्तै कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुदलाई अभिलेखीकरणको सुरुवात मात्र भएको र यसको निरन्तरता आवश्यक भएको बताए ।

यस्तै कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रमको ठूलो महत्त्व रहेको बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेबसाइटको विविध पक्षबारे बताएका थिए ।