Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नेपाली खेलकुदको इतिहास संकलन र अभिलेखिकरण शुरु

Tuesday, July 6, 2021 National Power

काठमाडौं – नेपाल ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको डिजिटल अभिलेख राख्ने उद्देश्यले वेवसाइटको सुरुवात गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस नेपाल डट ओआरमी  वेबसाइटको उद्घाटन गरे ।

पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण शुरु भएको हो । यसका लागि ओलम्पिक सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो र यसको औपचारिक सुरुआत पछिल्लो मंसिर १ मै भएको हो ।

उद्घाटन कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गर्ने बताउँदै नेपाली खेलकुद इतिहास निकै पुराना भएपनि यसलाई अभिलेखीकरण गर्नुपर्ने काम धेरै भएको बताए ।

उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहने पनि बताए । यस्तै कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुदलाई अभिलेखीकरणको सुरुवात मात्र भएको र यसको निरन्तरता आवश्यक भएको बताए ।

यस्तै कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रमको ठूलो महत्त्व रहेको बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेबसाइटको विविध पक्षबारे बताएका थिए ।