Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सवारी ज्यान मुद्दामा दोषी ठहर भई ३९ वर्षदेखि फरार व्यक्ति पक्राउ

Tuesday, July 6, 2021 National Power

काठमाडौं – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्यान मुद्दामा दोषी ठहर भई सजाय तोकिई ३९ वर्षदेखि फरार रहेका व्यक्तिदेखि बालिका बलात्कार मुद्दाका समेत छन् ।

२०३९ सालदेखि सवारी ज्यान मुद्दामा फरार रहेका स्याङ्जाको पुतलीबजार नगरपालिका–६ का ६५ वर्षीय मोतीप्रसाद गुरुङ, २०७० सालमा नाबालिका बलात्कार मुद्दामा ५ वर्ष कैद सजाय तोकिई फरार रहेका स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ का ७१ वर्षीय मनबहादुर रोका लगायत विभिन्न मुद्दामा संलग्न भई फरार रहेका २० प्रतिवादीलाई प्रहरीले स्याङ्जाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

अदालतको आदेशबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी विभिन्न मुद्दा जबर्जस्ती करणी, लागूऔषध, वैदेशिक रोजगार, सवारी ज्यान, नाता कायम, करकाप तथा गाली बेइज्जती लगायत मुद्दामा फैसला भई लुकछिपी बसेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।