Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुजिता भण्डारी प्रकरणः मोबाइलको फरेन्सिक जाँच गर्दै प्रहरी

Tuesday, July 6, 2021 National Power

काठमाडौं- चितवनको राप्ती नगरपालिका–३ मा मृत भेटिएकी सुजिता भण्डारीको मोबाइल प्रहरीले बरामद गरेको छ । सोमबार ब्याट्री भेटिए पनि मोबाइल भेटिएको थिएन ।

मंगलबार घटनास्थलबाट केहिपर मोबाइल पनि भेटिएको प्रहरीले जनाएको हो । मोबाइलमा भएका सामग्रीको प्राविधिक विश्लेषण गर्ने तयारी प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृत भन्छन्, ‘मोबाइलको परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाउने तयारी छ ।’

मोबाइलमा केही विषय डिलिट गरिएको भए त्यसलाई पनि ‘रिकभर’ गरिने उनले बताए ।

ब्रह्म्स्थानी सामुदायिक वनमा आइतबार दिउँसो उनको शव भेटिएको छ । प्रारम्भमा उनी अपहरणमा परेको आशंका गरिए पनि घटनास्थलमा विष भेटिएपछि घटनामा ट्वीस्ट आएको छ । अपरहणलाई पुष्टि गर्ने आधार पनि भेटिएको छैन ।

जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारी विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको बताउँछन् । भण्डारीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारणबारे खुल्नेछ ।