Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

प्रदर्शनीमार्गमा विपक्षी गठबन्धनका विद्यार्थीको प्रदर्शन

Thursday, July 1, 2021 National Power

काठमाडौं – विपक्षी गठबन्धनको विद्यार्थी संगठनले बिहीबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो ।

त्यस क्रममा प्रहरीले पुत्ला खोसेर निभाएको थियो । त्यस क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन सुरु गरेको छ ।