Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली

Wednesday, June 23, 2021 National Power

काठमाण्डौ – सविता भण्डारीका हत्यारालाई कडा कार्वाहीको माग गर्दै समुन्नत महिला मञ्च नेपालले विरोध कार्यक्रम आयोजना गरेको छ । चितवन शारदा नगरपालिका- १९ बख्यान चोककी २८ वर्षीया सविताले गत वैशाख ४ गते आत्महत्या गरिन् । साँझतिर झुण्डिएको अवस्थामा फेला परेकी सवितालाइ न्या दिलाउन चौतर्फि रुपमा आवाज उठ्ने गरेको छ । यस्तै लामो समय देखी मिहला हिंसाका क्षेत्रमा काम गर्दे आइरहेको समुन्नत महिला मञ्चले पनि यो घटनामा दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गरेको छ ।

२१ औं शताब्दिमा आइपुग्दा पनि महिलाहरुले अझै विभिन्न खाले घटनाहरुको शिकार हुनुपरेको छ। कहिले दाईजोको नाममा महिला शोषणमा परेर ज्यान गुमाउन थालेका छन् भने आफ्नै परिवारका सदस्यहरुबाटै यौन शोषणमा पर्ने गरेकोले यस्ता जघन्य अपराध गर्ने क्रुर दानवहरुलाई सामाजिक बहिस्कार गर्न जरुरी रहेको समुन्नत महिला मञ्चकी अध्यक्ष सोमा खत्रीले बताएकी छन् ।

सविता जस्ता हजारौ नारीहरु समाजमा कुनै न कुनै रुपमा उत्पिडनमा परका छन् । महिलाहरुको हकहितका लागि समुन्नत महिला मञ्च नेपाल सदैव कानुनको धोका ढकढक्याउन तत्पर रहदै आएको खत्रीले बताइन । सविता भण्डारीका हत्यारालई कार्वाही नहुन्जेल आफुहरु चुपलागेर नबस्ने पनि खत्रीले बताएकी छिन् ।