Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग

Saturday, June 12, 2021 National Power

काभ्रेपलान्चोक – एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्नकुश रंजितले बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुंवरको समन्वमा ७० बर्षभन्दा माथीका १३० आमा बुबाहरुलाई स्वस्थ्य रहनका लागि हर्लिक्स लगायतका पौष्टिक आहार वितरण गर्नु भएको छ । हर्लिक्स सँगै उहाँले स्वस्थ्य रहनेको लागि साबुन, माक्स लागायतका स्वास्थ्य सामाग्रीहरु वडा अध्यक्ष लाई हस्तान्तरण गर्नु भएको हो ।

प्रत्येक दिन बनेपामा रहेका अति विपन्न परिवारलाई राहत वितरण गर्ने अभियानमा रंजितको सक्रियता तिब्र देखिन्छ । रंजित र बनेपाका युवा नेता नवराज मानन्धरले आज बनेपा नगरपालिका वडा नं. १३ मा रहेको सालम चर्जलाई खाद्यान्न हस्तान्तरण गर्नु भएको छ । खाद्यान्नमा २० बोरा चामल, चिनी, नुन, तेल, दाल,च्यापती लगायतको सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

उहाँले आज नै ठकुरी गाँउ स्थिति एक शारिरीक असंक्तता भएका व्यक्तिलाई खाद्यान्नसँगै उपचारका लागि आर्थिक सहयोग समेत गर्नु भएको छ । आफ्नै निवासबाट ४० परिवारलाई आजमात्रै राहत वितरण गर्दै ११०० परिवारलाई बनेपामा मात्रै राहत वितरण गर्नु भएको रंजितले जानकारी दिनु भयो ।

खाद्यान्न वितरण कार्यक्रममा बनेपा नगरका युवा नेता नवराज मानन्धर , बिक्रम प्रजापति, बिकास मानन्धर ,
ज्ञानेन्द्र नकर्मी, राम रंजित, उमेश मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

रंजितले लकडाउन भरि नै अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।