Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

Wednesday, June 9, 2021 National Power

काभ्रेपलान्चोक – समाजसेवि राजन थापा, उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले कोभिड-१९ को प्रभावले समस्यामा परेका काभ्रेको पाँचखाल नगरपालिकाको वडा ६ मा खाद्यान्न सहयोग गर्नुभएको छ ।

सेवाही परमो धर्मलाई आत्मसाथ गर्दै हुनेले नहुनेलाई सहयोग गरौ भनि अग्रवाल सेवा केन्द्र र उपकार सेवा नेपालले काभ्रेको पाँचखाल नगरपालिका-६ स्थित पन्चमुखी हनुमान मन्दिर, तिनपिप्ले लगायतका एरियामा साँझ, बिहान छाक टार्न समस्या भएका २४० बिपन्न परिवारलाई खाद्यान्न तथा माक्स बितरण गरिएको हो ।

पाँचखाल नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष राम शरण दुलालको विशेष समन्वयमा अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र खेतान र उपकार सेवा नेपालका कार्यकारी अध्यक्ष राकेश अग्रवालको साथै महासचिव सुनिल कुमार धानुका, राजेन्द्र प्रसाद महनसरिया, प्रकाश टिवडेवाल, प्रवन्धक बालकृष्ण भट्टराई लगाएतको विशेष सहयोगमा वितरण गरिएको थियो ।

जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ मा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नु भएको हो । वडा नम्बर ६ मा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, चना, चिनी, चिउरा, मस्यौरा र माक्स सेनिटाइजर लगायतका सामान वितरण गर्नु भएको छ ।

कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका २४० परिवारलाई खाद्यान्न वितरण गरेको समाजसेवी राजन थापा र रेणुका सुबेदीले जानकारी दिनु भयो ।