Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

समाजसेवि रत्नकुश रंजित समस्य परेकाको चुलो बाल्दै

Wednesday, June 2, 2021 National Power

काभ्रेपलान्चोक – एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्नकुश रंजितले कोभिड-१९ को प्रभावले समस्यामा परेकाहरुलाई आफ्नो निवास बाट खाद्यान्न सहयोग गर्ने सुरु गर्नु भएको छ भने कोहि लाई नगद सहयोग समेत गर्नुभएको छ ।

बनेपा र बनेपा नगर क्षेत्र आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नु भएको हो । बनेपा नगर क्षेत्र भित्र जनागाल, भैंसेपाटी नयाँबस्ती र अन्य ठाउँमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दामोट र मस्यौरा लगायतका सामान आफ्नो निवास बाट नै वितरण गर्ने थाल्नु भएको छ ।

कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका करिब ५०० परिवारलाई खाद्यान्न र नगद वितरण गर्ने लागेको उहाँले बताउनु भयो ।

भैसिपाटी बाट हिडदै आएका एक ५५ वर्षका महिला सुशीला पराजुलीको समस्य सुने पछि आफुले नगद नै सहयोग गरेको र मनमा सन्तुष्ट मिलेको स्मरण गराउदै उहाँले भन्नू भयो `बन्दा बन्दीको नियम पालन गरि दैनिक गुजारा गर्ने गाह्रो परेका परिवारहरुको जो कोहि सदस्य आए पनि खाली हात फर्किनु नपर्ने बताउनु भयो । उहाँ पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा सक्रिय हुनुभएको छ।कोरोनाको कहर तथा असाहाय र दुखी पिडितहरुलाई उहाँले सहयोग गर्नुभएको छ ।

कोरोनाको जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा पनि उहाँले नगरपालिका लाई आइसोलेसनको लागि २० वटा बेड दिनु भएको थियो भने दैनिक ज्यालादारी गरेर खाने परिवार लाई खाद्यान्न सहयोग गर्नु भएको थियो । उहाँले मास्क, स्यानिटाजर लगायत समाजिक अभियान समेत सञ्चालन गर्नुभएको थियो । यस्तैयस्तै, हरेक प्रकारका सामाजिक काममा अग्रसर रहेर समाजसेवामा जुटिरहेका छन् समाजसेवी रत्न कुश रंजित । यस्तै असल पथप्रदर्शकहरुबाटै समाज रुपान्तरणमा केही आशा गर्न सकिन्छ ।