Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

समाजसेवि रत्नकुश रंजित समस्य परेकाको चुलो बाल्दै

Wednesday, June 2, 2021 National Power

काभ्रेपलान्चोक – एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्नकुश रंजितले कोभिड-१९ को प्रभावले समस्यामा परेकाहरुलाई आफ्नो निवास बाट खाद्यान्न सहयोग गर्ने सुरु गर्नु भएको छ भने कोहि लाई नगद सहयोग समेत गर्नुभएको छ ।

बनेपा र बनेपा नगर क्षेत्र आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नु भएको हो । बनेपा नगर क्षेत्र भित्र जनागाल, भैंसेपाटी नयाँबस्ती र अन्य ठाउँमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दामोट र मस्यौरा लगायतका सामान आफ्नो निवास बाट नै वितरण गर्ने थाल्नु भएको छ ।

कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका करिब ५०० परिवारलाई खाद्यान्न र नगद वितरण गर्ने लागेको उहाँले बताउनु भयो ।

भैसिपाटी बाट हिडदै आएका एक ५५ वर्षका महिला सुशीला पराजुलीको समस्य सुने पछि आफुले नगद नै सहयोग गरेको र मनमा सन्तुष्ट मिलेको स्मरण गराउदै उहाँले भन्नू भयो `बन्दा बन्दीको नियम पालन गरि दैनिक गुजारा गर्ने गाह्रो परेका परिवारहरुको जो कोहि सदस्य आए पनि खाली हात फर्किनु नपर्ने बताउनु भयो । उहाँ पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा सक्रिय हुनुभएको छ।कोरोनाको कहर तथा असाहाय र दुखी पिडितहरुलाई उहाँले सहयोग गर्नुभएको छ ।

कोरोनाको जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा पनि उहाँले नगरपालिका लाई आइसोलेसनको लागि २० वटा बेड दिनु भएको थियो भने दैनिक ज्यालादारी गरेर खाने परिवार लाई खाद्यान्न सहयोग गर्नु भएको थियो । उहाँले मास्क, स्यानिटाजर लगायत समाजिक अभियान समेत सञ्चालन गर्नुभएको थियो । यस्तैयस्तै, हरेक प्रकारका सामाजिक काममा अग्रसर रहेर समाजसेवामा जुटिरहेका छन् समाजसेवी रत्न कुश रंजित । यस्तै असल पथप्रदर्शकहरुबाटै समाज रुपान्तरणमा केही आशा गर्न सकिन्छ ।