Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कालो ढुसीबारे जान्नैपर्ने कुरा

Tuesday, June 1, 2021 National Power

काठमाडौँ — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्‍याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, मुख, नाक र आखाँवरिपरि दुख्ने हुन्छ ।

त्यस्तै यसका कारण ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने पनि गर्छ । आँखाको ढकनी सुनिने, र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने र दाँत दुख्ने वा हल्लिने पनि यसको लक्षण भएको मन्त्रालयले जनाएको छ ।

४५ देखि ६५ वर्ष उमेर समूह, मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटेक वा स्टेरोइड औषधि सेवन गरिरहेकाहरुलाई कालो ढुसीको संक्रमण हुने उच्च जोखिम रहन्छ ।

घरमा आइसोलेसनमा बस्दा यो कालो ढुसीबाट बच्न विभिन्न उपायहरु अपनाउन सकिने चिकित्सकहरुको सुझाव छ । कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने पनि चिकित्सकको भनाइ छ । कालो ढुसीबाट संक्रमित भएकाको उपचारमा ‘एम्फोटेरिसिन–बी’ नामक औषधि प्रयोग गरिन्छ ।

संक्रमण रोकथामका लागि अपनाउनुपर्ने उपायहरु

सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनस् प्रयोग नगर्ने
नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
व्यक्तिगत स्वच्छतामा ध्यान दिने
घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
नुनिलो पानीले नाक सफा गर्ने
पोभिडिन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने
सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने