Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

खाडी मुलुक र मलेसियाबाट आउने नेपालीले पाँच दिन होटेल क्वारेन्टिन बसे पुग्ने

Tuesday, June 1, 2021 National Power

काठमाडौं – खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने भएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एकरएक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापदण्ड बनाएको हो ।

मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घररगन्तव्यमा जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् । मन्त्रालयले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो ।