Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि

Tuesday, May 25, 2021 National Power

 काठमाडौं – बाल मन्दिरले सिफल र नक्सालमा राखेका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल बाल संगठन अन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।

५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । उनका अनुसार नक्सालको संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको छ ।

यस्तै सिफलका बालबालिकालाई आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने र अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको अध्यक्ष न्यौपानेले जानकारी बताइन् ।

यस्तै कोरोना परीक्षण गर्दा नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको अध्यक्ष न्यौपानेले बताइन् ।

उनले भनिन्, ‘सबैको अवस्था अहिलेसम्म सामान्य देखिएको छ । सामान्य ज्वरो आउने, खोक्ने लक्षण देखिएको छ । संक्रमणको पुष्टि भएको अधिकांश त लक्षण पनि देखिएको छैन ।’