Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)

Sunday, May 2, 2021 National Power

काठमाडौं –  चिरञ्जिवी भण्डारी पनि सांगीतिक क्षेत्रमा परिचित नाम हो । स्टेजमा धमाका पिट्ने गायकको सुचिमा पर्दै आएका चिरन्जिवीलाई ‘रक्स्टार’ को रुपमा समेत सम्बोधन गर्ने गरिन्छ । ‘बदमास’ बोलको गीतबाट चर्चा कमाएका चिरन्जीवीले केहि समय अघि सुप्रसिद्ध गायिका मेलिना राईसँगको सहकार्यमा ‘बिस्तारै बिस्तारै’ बोलको गीत निकाले । उक्त गीतले उनलाई निकै सफलता दियो ।

यतिबेला भने लोकप्रिय गायिका अन्जु पन्त र चिरन्जिवी भण्डारीको स्वरमा नयाँ गीत ‘हरामी’ सार्वजनिक भएको छ । उक्त गीतलाई भीम बिसीले संगीत भरेका छन् भने शब्दहरु प्रतिमा गुरुङले रचना गरेकी हुन् । मेलोडी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

शिब बिकको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा पछिल्लो पुस्ताका चर्चित र लोकप्रिय अनुहारहरुलाई देख्न सकिन्छ । भिडियोमा दुर्गेश थापा, कविता नेपाली, गरिमा शर्मा र दिपेन्द्र सोनामले अभिनय गरेका छन् । सह निर्देशन माधव श्रेष्ठको रहेको छ । राज भण्डारी, विश्व केसी, मित्रलाल देवकोटा, मुइयाँ विश्वकर्मा लगायतले अभिनयमा साथ दिएका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो ‘डि सिरिज’ च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीत निर्माणका क्रममा निकै उत्साहित भएको र आफ्नो करिअरकै महत्वपूर्ण गीत भएको बताउँदै चिरन्जिवीले भने–‘ यतिबेलाको समय कोरोनाको लहरले चपेटेको हुनाले प्रमोसनमा सक्रिय हुन पाइएन तर पनि सबैले माया गरिदिनु हुनेछ भन्ने आश गरेको छु ।’ यसअघि भण्डारीका ‘चोखो माया’, ‘बिस्तारै बिस्तारै’ ‘तिमी मेरी हुनु’ ‘बदमास’, ‘तिमी छौ र त’, ‘तिम्रो मायाले’, ‘चट्टै मुटु काटेर’ दर्शकले निकै मन पराइएका गीत हुन् ।