Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

निषेधाज्ञामा आजदेखि थप कडाइ

Friday, April 30, 2021 National Power

काठमाडौं – सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि अब कडाइ गरिने उनको भनाइ छ ।
कोरोना संक्रमण बढ्दै गएपछि २१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी भएको छ । दाङसमेत पूर्ण निषेधाज्ञा लागू भए पनि गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जिल्लाहरूको विवरणमा दाङ उल्लेख छैन ।

काठमाडौं उपत्यकामा विहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालना गराउन ठाउँ(ठाउँमा प्रहरी टोली परिचालन गरी सवारी साधन जाँच गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले सवारी जाँचलाई आज थप कडाइ गरिने बताए ।

सरकारले निषेधाज्ञालाई पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ ।