Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

किड्स मोडल दिभम राखेचाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Tuesday, April 20, 2021 Devil Singh Rajput

काठमाडौं — वैशाख ७, २०७८।

किड्स मोडल दिभम राखेचाले आफ्नो पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का विजयी प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

म्युजिक भिडियोमा मोडल दिभम राखेचासंगै ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (डान्स) तर्फका अन्य विजयी प्रतियोगीहरुको समेत अभिनय देख्न सकिन्छ।

टोडलर्स हेवन स्कूल बिराटनगरको क्लास १ मा अध्ययनरत किड्स मोडल दिभम राखेचा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (डान्स) तर्फको विजेता हुन। साथै दिभमले ‘फेशन फेयर अवार्ड, २०२०’ मा ‘बेस्ट नेसनल टाईटल विनर किड्स’ तर्फको अवार्ड र ‘बेस्ट फेशन मोडल(किड्स) तर्फको अवार्ड जित्न सफल भएका थिए।

मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।

उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले युट्युवमा ल्याएको छ ।

भिडियो —