Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

मिस तामाङ वर्ल्ड २०२१ को घोषणा

Tuesday, April 20, 2021 Devil Singh Rajput

तामाङ समुदायको मौलिक पहिचान, जातियता र साँस्कृतिक गरिमाको जगेर्ना, सम्बद्र्धन र प्रवद्र्धनका साथै नयाँ पुस्ताका तामाङ युवतीहरुमा यसको महत्वका बारे प्रकाश पार्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतिभा प्रस्फुटन र समग्रमा उनीहरुको सशक्तिकरणमा योगदान पुर्‍याउने हेतुले विश्वभर छरिएर रहेका प्रतिभाशाली तामाङ युवतीहरुमा केन्द्रित रहेर मिस तामाङ वर्ल्ड २०२१ को आयोजना हुने भएको छ । कार्यक्रम संचालन हुन लागेको सम्बन्धमा राजधानीको हात्तीसार स्थित नेपाल हाउसमा आयोजित पत्रकार भेटघाट मार्फत् यसबारे औपचारिक रुपमा जानकारी गराइएको हो ।

मिस तामाङ वल्र्ड फाउन्डेसन तथा साधना कला केन्द्रको आयोजनामा संचालन हुन लागेको मिस तामाङ वर्ल्ड २०२१ले तामाङ समुदायको अन्य जातिसंगको सामाजिकरणमा पनि जोड दिने उद्देश्य राखेको कुरा आयोजक संस्थाका मिलन मोक्तानले उल्लेख गरेका छन् । तामाङ संस्कृतिको अन्तर्राष्ट्रियकरण होस् भन्ने मिस तामाङ वल्र्डको उद्देश्य रहेको उनको भनाई छ । सो कार्यक्रममा पूर्व मिस तामाङ विजेताहरु जेनिशा मोक्तान, सुमि मोक्तान, पिंकी घिसिङ तथा सिम्रन स्याङ्बो पनि उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागिता लागि आगामी वैशाख १५ गतेसम्म आवेदन दिनुपर्नेछ । कार्यक्रममा विश्वको जुन सुकै स्थानमा बसोबास गर्ने तामाङ जातिको अविवाहित युवतीहरुले आवेदन दिन सक्नेछन् । आवेदक १६ देखि २८ वर्ष उमेर समूह भित्रको हुनुपर्ने, कम्तिमा दश जोड दुई वा सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, कम्तीमा पाँच फिट उँचाईको हुनुपर्ने र मानसिक सन्तुलन सही हुनुपर्ने मुख्य प्रावधान राखिएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी जेठ १२ गते बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीमा आयोजना गरिने बताइएको छ ।