Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

निर्वाचनको तयारीमा बस्न नेता कार्यकर्ताहरुलाई निर्देशन

Monday, April 19, 2021 National Power

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले यस्तो निर्देशन दिएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पास भएको छ । ओलीको प्रतिवेदनमा वर्तमाान राजनीतिक अवस्थाबारे व्याख्या गर्दै पार्टी एकीकरण केही व्यक्तिका कारण असफल भएको निश्कर्ष निकालिएको छ ।
त्यस्तै सरकारका ३ वर्षे कामको समीक्षा पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । जसमा तीन वर्षमा सरकारले महत्त्वपूर्ण काम गरेको दावी गरिएको छ ।
त्यसैगरी उक्त प्रतिवेदनमा आगामी कार्यभारका रुपमा पार्टी संगठन विस्तार, विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रुपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने उल्लेख छ । ‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन अध्यक्षले निर्देशन दिनुभएको छ’, बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले माधव नेपालसहित कर्णाली प्रदेशमा फ्लाेर क्रस गर्ने ८ जना नेतालाई अन्तिम पटक स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ । त्यसैगरी महासचिव ईश्वर पोखरेलले बैठकमा पेश गरेको सांगठानिक प्रतिवेदनमा भदौभित्र जिल्ला, वडा हुँदै मंसिरमा महाधिवेशनमा गर्ने गरी कार्यतालिका पारित पारित भएको छ । एमालेको अर्को बैठक वैशाख १० गते बस्नेछ ।