Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

बहुमतको सरकार हुँदाहुँदै अरु सोच्ने कुरा छैन् : देउवा

Sunday, April 18, 2021 National Power

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले बहुमतको सरकार रहेको बताएका छन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएपनि माओवादी केन्द्रले समर्थन जारी राखेकोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतमा नै रहेको स्पष्ट पारे ।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने,‘ बहुमतको सरकार हुँदाहुँदै अरु कुनै कुरा सोच्ने कुरा छैन् । हामीले बहुमतकै सरकार मानेका छौं । भोलि दाहालजीहरुले अलग्गै पार्टी बनाए भनेदेखि त्यसबेला सोच्ने कुरा हुनसक्छ । ओलीजीले अध्यक्षता गरेको पार्टीले पनि हामी अलग भैसकेका छौं भनेको छैन् । त्यसैले हामीले यो सरकारलाई बहुमतकै सरकार भन्नुपर्यो । बहुमतको सरकार हुँदाहुँदै हामीले सरकार चाहियो भनेका पनि छैनौं । भोलि परिस्थिति बन्यो भने होला । तर, हामी प्रधानमन्त्री बन्न लालायित पनि छैनौं ।’ सभापति देउवाले भोलि सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए त्यसको लागि आफूहरु तयारी अवस्थामा रहेको सुनाए । तर, अहिले नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको उनको भनाई छ ।