Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बहुमतको सरकार हुँदाहुँदै अरु सोच्ने कुरा छैन् : देउवा

Sunday, April 18, 2021 National Power

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले बहुमतको सरकार रहेको बताएका छन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएपनि माओवादी केन्द्रले समर्थन जारी राखेकोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतमा नै रहेको स्पष्ट पारे ।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने,‘ बहुमतको सरकार हुँदाहुँदै अरु कुनै कुरा सोच्ने कुरा छैन् । हामीले बहुमतकै सरकार मानेका छौं । भोलि दाहालजीहरुले अलग्गै पार्टी बनाए भनेदेखि त्यसबेला सोच्ने कुरा हुनसक्छ । ओलीजीले अध्यक्षता गरेको पार्टीले पनि हामी अलग भैसकेका छौं भनेको छैन् । त्यसैले हामीले यो सरकारलाई बहुमतकै सरकार भन्नुपर्यो । बहुमतको सरकार हुँदाहुँदै हामीले सरकार चाहियो भनेका पनि छैनौं । भोलि परिस्थिति बन्यो भने होला । तर, हामी प्रधानमन्त्री बन्न लालायित पनि छैनौं ।’ सभापति देउवाले भोलि सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए त्यसको लागि आफूहरु तयारी अवस्थामा रहेको सुनाए । तर, अहिले नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको उनको भनाई छ ।