Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नयाँ वर्षलाई सुनिता दुलाल र दिनेश परियारले ल्याए ‘हुन्न कसैको…’  

Tuesday, April 13, 2021 National Power

काठमाडौं-नयाँ नेपालि मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको…’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानलबाट सार्वजनिक गरिएको हो ।
यो लोक दोहोरी गीतलाई गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन् । गीत उनीहरुको स्वरमा निकै कर्णप्रिय बनेको छ । जसमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ ।

अहिलेका ब्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई,  कमला बस्नेत ,समिक्षा भुजेललगायतको अभिनय रहेको छ ।
भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ । यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।