Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी आश्रुत्य र परिधीको हातमा

Tuesday, April 13, 2021 Devil Singh Rajput

काठमाडौं — चैत्र ३१, २०७७।

राजधानीमा सम्पन्न फेस अफ स्मार्ट किड्स २०२१ को उपाधी आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पार्न सफल भएका छन । आईतवार सम्पन्न उक्त प्रतियोगितामा घिमिरेले मुख्य उपाधी सहित मल्टिमिडिया च्वाईस तथा पाण्डेले मुख्य उपाधी सहित भ्यूवर्स च्वाइस,मल्टिमिडिया, बेष्ट ड्रेस, मिस टैलेन्ट, मस्ट ईन्टलिजेन्टको सब टाईटल समेत हात पार्न सफल भए । त्यसै गरि गल्र्स तर्फ भने क्रिष्टल रुम्वाले फस्ट रनर अप सहित मस्ट ईन्नोसेन्ट र मस्ट क्यूट , अनिषा भट्ले मस्ट ईन्टलिजेन्ट र बेष्ट फोटोजेनीक तथा मेरिका राईले बेष्ट वाकको सबटाईटल हात पारेका थिए ।

धिरज तण्डुकार, कला सुब्बा,राधा ढकाल र यम बरालको निर्णायक मण्डल रहेको प्रतियोगिता मा ब्वाइज तर्फ भने स्वराज सापकोटाले फस्ट रनर अप सहित भ्यूवर्स च्वाईस र आरनेश सिखंडाले बेष्ट फोटोजेनिक तथा बेष्ट ड्रेस हात पारेका थिए ।

युथ क्रियसन नेपालको आयोजनामा आयोजित उक्त प्रतियोगीतमा फेशन शो समेत राखिएको थियो । नेपालका चर्चित मोडलहरु दिपक घिमिरे, मेघना मगर, सोनु गिरी लगायतको र्याम्प शो रहेको कार्यक्रमका मुख्य अतिथी वरिष्ठ कलाकार उत्तम केसी रहेका थिए । ड्रेस डिजाईनर चन्दु बलामीको मुन फेशन कलेक्सन,फेशन स्टेशन,एनआईएफले तयार पारेका आकर्षक ड्रेसमा सजिएका मोडलहरुको प्रस्तुतीले कार्यक्रमको रौनकता थपिएको जानकारी आयोजक युथ क्रियसका प्रमुख रबि लामा तामाङ्गले जानकारी दिए ।
नव बर्ष २०७८ को अवसरमा आयोजित उक्त कार्यक्रममा बुढानिलकण्ठमा अवस्थित असहाय बाल केन्द्रमा आश्रित बालवालिकाहरुले नृत्य प्रस्तुत गरेको जानकारी समाजसेवामा समेत सक्रिय रहेका आयोजक तामाङ्गले बताए । कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।