Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी आश्रुत्य र परिधीको हातमा

Tuesday, April 13, 2021 Devil Singh Rajput

काठमाडौं — चैत्र ३१, २०७७।

राजधानीमा सम्पन्न फेस अफ स्मार्ट किड्स २०२१ को उपाधी आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पार्न सफल भएका छन । आईतवार सम्पन्न उक्त प्रतियोगितामा घिमिरेले मुख्य उपाधी सहित मल्टिमिडिया च्वाईस तथा पाण्डेले मुख्य उपाधी सहित भ्यूवर्स च्वाइस,मल्टिमिडिया, बेष्ट ड्रेस, मिस टैलेन्ट, मस्ट ईन्टलिजेन्टको सब टाईटल समेत हात पार्न सफल भए । त्यसै गरि गल्र्स तर्फ भने क्रिष्टल रुम्वाले फस्ट रनर अप सहित मस्ट ईन्नोसेन्ट र मस्ट क्यूट , अनिषा भट्ले मस्ट ईन्टलिजेन्ट र बेष्ट फोटोजेनीक तथा मेरिका राईले बेष्ट वाकको सबटाईटल हात पारेका थिए ।

धिरज तण्डुकार, कला सुब्बा,राधा ढकाल र यम बरालको निर्णायक मण्डल रहेको प्रतियोगिता मा ब्वाइज तर्फ भने स्वराज सापकोटाले फस्ट रनर अप सहित भ्यूवर्स च्वाईस र आरनेश सिखंडाले बेष्ट फोटोजेनिक तथा बेष्ट ड्रेस हात पारेका थिए ।

युथ क्रियसन नेपालको आयोजनामा आयोजित उक्त प्रतियोगीतमा फेशन शो समेत राखिएको थियो । नेपालका चर्चित मोडलहरु दिपक घिमिरे, मेघना मगर, सोनु गिरी लगायतको र्याम्प शो रहेको कार्यक्रमका मुख्य अतिथी वरिष्ठ कलाकार उत्तम केसी रहेका थिए । ड्रेस डिजाईनर चन्दु बलामीको मुन फेशन कलेक्सन,फेशन स्टेशन,एनआईएफले तयार पारेका आकर्षक ड्रेसमा सजिएका मोडलहरुको प्रस्तुतीले कार्यक्रमको रौनकता थपिएको जानकारी आयोजक युथ क्रियसका प्रमुख रबि लामा तामाङ्गले जानकारी दिए ।
नव बर्ष २०७८ को अवसरमा आयोजित उक्त कार्यक्रममा बुढानिलकण्ठमा अवस्थित असहाय बाल केन्द्रमा आश्रित बालवालिकाहरुले नृत्य प्रस्तुत गरेको जानकारी समाजसेवामा समेत सक्रिय रहेका आयोजक तामाङ्गले बताए । कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।