Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

७० बर्षको चेम्बर ईतिहासमा उर्मिला श्रेष्ठ पहिलो महिला उपाध्यक्ष

Sunday, April 11, 2021 Devil Singh Rajput

काठमाडौँ — चैत्र २९, २०७७।

बर्षको गर्विलो ईतिहास बोकेको नेपालको निजी क्षेत्रको जेठो संगठन नेपाल चेम्बर अफ कमर्शले पहिलो पटक महिलालाई उपाध्यक्षका रुपमा पाएको छ । शुक्रबार सम्पन्न चेम्बरको ७० औ साधारण सभाले उर्मिला श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेसंगै उनी चेम्बर संगठनको ईतिहासमै पहिलो पटक उपाध्यक्ष बन्न सफल भएकी हुन ।

यस अघि उनी चेम्बरको कार्य समिती सदस्य साथै नेपाल महिला चेम्बरको अध्यक्ष/सभापति थिईन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहेकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुन । साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आएकी उनले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आएकी थिईन । तसर्थ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा उर्मिला श्रेष्ठको नाम अग्रपंतीमा आउने गर्दछ ।

सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल व्यक्तित्व पनि हुन । त्यसो त व्यापारिक पृष्‍ठभुमी बोकेको नेवार कुलमा जन्मिएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुन । पिताजीको पदचापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आएकी छिन ।

बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आएको थियो र छ । त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएको छ । राजनीतिक, व्यवसाय र समाजसेवाको त्रिवेणी मानिने इश्वरलाल-माणिकलाल पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिन्छिन् ।