Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार

Tuesday, April 6, 2021 National Power

काठमाडौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो ।
पाँचै जना मन्त्रीहरुलाई यसअघि पार्टी स्पष्टिकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफ पठाएका थिएनन् । ‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ । त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी छ । सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’, स्रोतले रातोपाटीलाई भन्यो ।
थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए । माओवादीको नाममा निर्वाचित उनीहरु एमाले र माओवादी केन्द्र (फागुन २३ पछि ) पूर्ववत् अवस्थामा फर्किएपछि उनीहरु भने सरकारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए । ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् ।