Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

राजकिशोर यादवको प्रश्न : नेपाली कांग्रेस हाम्रो लागि तयार नहुने, अनि हामी उसको लागि तयार भइदिनुपर्ने ?

Sunday, April 4, 2021 National Power

काठमाडौं-जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढिलै भएपनि सकारात्मक र राम्रो निर्णय गरेको भन्दै स्वागत गरेका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर गरेको निर्णय सकारात्मक भएपनि सरकार बनाउनको लागि अरुको सहयोग लिनुपर्नेपनि यादवले स्पष्ट पारे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुको माग पूरा हुनुपर्नेमा पनि जोड दिए । सरकार कसरी बनाउने भन्नेबारे कांग्रेस सम्वादमा आए आफूहरु तयार रहेको र सोहीअनुसार निश्कर्षमा पुग्नेपनि उनले विश्वास दिलाए । यादवले सरकार बनाउने निर्णय नेपाली कांग्रेसले गरेको र जसपा त्यसको पछि कुदिहाल्नुपर्ने कुनै कारण पनि नरहेको जिकिर गरे ।

जसपा सरकारमा नजाँदा मुलुक अनिर्णयको बन्दी बन्ने स्थिति बनेको उल्लेख गर्दै उनले आफ्नो पार्टीको कारणले मुलुक अनिर्णयको बन्दी नबन्ने र उपलब्धि हानी हुने काम नगर्ने पनि विश्वास दिलाए । उनले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने पनि स्पष्ट पारे । उनले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले किन फिर्ता नलिएको भन्दै प्रश्न गरे । उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछिमात्रै परिस्थिति परिपक्व हुने र जसपाले निर्णय लिने पनि जानकारी दिए ।