Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

गायक रुद्र शेखर शर्माको नयाँ गीत ‘तिमी भन्छौ जुन राम्रो ‘को छायाँकन अमेरिकामा सम्पन्न

Thursday, March 11, 2021 National Power

काठमाडौं – गायक रुडी शर्मा तथा मेलिना राईको नयाँ गीत ‘तिमी भन्छौ जुन राम्रो ‘को छायाँकन अमेरिकामा सम्पन्न गायक तथा कलाकार रुडी शर्मा(रुद्र शेखर शर्मा) तथा गायिका मेलिना राईको नयाँ गीत ‘तिमी भन्छौ जुन राम्रो ‘को छायाँकन अमेरिकामा सम्पन्न भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका रुडी शर्माको उक्त गीतको सार्वजनिक होली पर्वमा हुने भएको छ । छायाँकन सम्पन्न सम्पति संगै उनले नयाँको पोष्टर(तुल) शिव रात्रीको पावन अवसरमा सार्वजनिक गरेका छन् ।

उक्त गीतमा स्वयम् गायक रुडी शर्मा र कलाकार कला न्यौपानेले अभिनय गरेका छन् । उक्त गीतको छायाँकन भर्जिनिया राजका विभिन्न स्थानमा गरिएको छ । यस गीतका गीतकार बिपिन किरण हुन् भने संगीत नारायण सुबेदी(आभास )ले दिएका छन् । म्युजिक भिडीयोको निर्देशक दिल कृष्ण श्रेष्ठ हुन् भने क्यामरा(छायाँकन/तस्बिर )विक्रान्त श्रेष्ठले गरेका हुन् ।

रुडी शर्मा गायनको अतिरिक्त नमुना(मोडल)पनि हुन् भने हाल सम्म उनले ७ वटा गीत गाइसकेका छन । भबिश्यमा यस बर्ष नै थप केही गीतहरु ल्याउने तरखरमा रहेका छन ।