Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

अञ्जुरानी मञ्जुरानी भन्दै बजारमा आए श्रीदेव

Tuesday, March 16, 2021 National Power


काठमाण्डौ – अभिनेता एवं कलाकार श्रीदेव भट्टराईको अञ्जुर रानी मञ्जुरानी सार्वजनिक भएको छ । पछल्लो पटक म्युजिक भिडियो तिर आफुलाई व्यस्त राखेका श्रीदेवले झण्डै ३ दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा आफ्नो अभिनयकला प्रस्तुत गरिसकेका छन् । रुपक बनबासी को शब्द रहेको गीतमा राज सागरको स्वर रहेका भने संगीत पनि राज शागरकै रहेको छ ।
अन्जु निरौला को युटुब च्यानल बाट रिलिज भएको भिडियोमा श्रीदेवका साथमा अन्जु निरौला र मंजिता केसीले देख्न सकिन्छ । अन्जु रानी मंजु रानी बोलको गीत मा गीत अनुसार अन्जु र मंजु खेलेका छन् । निकै रोमान्टिक ढंगमा प्रस्तुत गरेको भिडियोलाइ काजिज श्रेष्ठ ले निर्देशन गरेका हुन भने राजेश घिमिरेको छायांकन रहेको छ ।