Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

डा.सुबाश घिमिरे द्धारा एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने जमिन दान

Sunday, March 14, 2021 National Power

बर्दिबास – बर्दिबास,पाटु, दन्त्य रोगका एक बरिस्ठ  चिकित्सकले गाउँमा हस्पिटल  बनाउन करिब एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्।

बर्दिबास नगर पालिका वडा न घ पाटु स्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि डा.सुबाश घिमिरे ले पाच कटठा जग्गा दान गरेका हुन्।

दान गरिएको जग्गामा बन्ने सरकारी जनरल अस्पताल भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख विदुर कार्कि, वडा न ३ का वडा अधक्ष्य राजन ढुंगाना, डा.सुबाश घिमिरेका दाजु श्याम घिमीरे लगाएत गाउँका मान्यजन,बिशिस्ठ व्यक्तित्व हरुको पनि सहभागिता रहेको थियो भने वडा सदस्य श्री गणेश बस्नेत ले कार्यक्रम संचालन गर्नु भएको थियो।

शिलान्यास कार्यक्रममा जग्गादाता डा.सुबाश घिमिरे ले  सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका आफ्ना बाबुको स्मृतिमा स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने आफ्ना बुबाको सपना रहेको उद्देश्यले जग्गादान गरेको बताउदै स्थाननियहरु,नगर प्रमुख तथा वडा अधक्ष्य लाई यस्तो अवसर जुटाईदिएको मा धन्यबाद दिएका थिए ।

नगर प्रमख बिदुर कार्कीले  भवन एक वर्षभित्र निर्माण हुने तथा उक्त हस्पिटल बनाउनका लागि नगर पालिका ले पैतालिस लाख रुपैयाँ सहयोग गर्ने  पनि बताउनु भएको थियो  ।

पाटुका स्थानीय बासिन्दा तथा देशकै नमूना स्कूलका प्रिन्सिपल दीपक बराल का अनुसार उक्त जमिन  एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने बताइएको छ ।

डा.घिमिरेका बुबा स्वर्गीय इन्द्र प्रसाद घिमिरे उक्त क्षेत्रमा सामाजिक कार्यमा नाम कहलिएका व्यक्तित्व थिए।