Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बाँसको झाँङ्गमा एक युवा मृत फेला , हत्या गरेर फालिएको आशंका

Saturday, March 13, 2021 National Power

काठमाडौं – मालुङ्ग साङ्गला ढलान सडकमा अवस्थीत बाँसको झाँङ्गमा एक युवक मृत भेटिएका छन । टोखा नगरपालिका वडा नं १ मा अवस्थीत मालुङ्ग साङ्गला ढलान सडकमा युवा मृत फेला परेको महानगरीय प्रहरी बृत महाराजगंजका प्रहरी निरिक्षक पुष्प थापाले बताए ।

मृत्यु हुनेमा मोरङ्ग बेलबारी स्थाही बसोबास गर्ने २५ बर्षीय युवक आशिष लिम्बु रहेको र अनुसन्धानको काम तिब्र रुपमा अगाडी बढाइएको निरिक्षक थापाले बताए ।

मृतक आशिष लिम्बको शरिरमा निलडाम र मुखबाट रगत बगेको हुँदा हत्याको आशंका गरिएको छ ।                     – राजन थापा, पावरन्युज संवाददाता