Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

ओलीले तोके पार्टीको महाधिवेशन मिति, माधव नेपालको जिम्मेवारी खोसेर भट्टराईलाई

Friday, March 12, 2021 National Power

काठमाडौं- नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

त्यस्तै, आजको बैठकले नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहित २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । र, पार्टीको प्रवक्तामा प्रदीप कुमार ज्ञवालीलाई तोकेको छ । र, विदेश विभाग प्रमुखमा माधव कुमार नेपाललाई हटाएर डा. राजन भट्टराईलाई उक्त जिम्मेवारी दिईएको छ ।