Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ओलीले तोके पार्टीको महाधिवेशन मिति, माधव नेपालको जिम्मेवारी खोसेर भट्टराईलाई

Friday, March 12, 2021 National Power

काठमाडौं- नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

त्यस्तै, आजको बैठकले नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहित २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । र, पार्टीको प्रवक्तामा प्रदीप कुमार ज्ञवालीलाई तोकेको छ । र, विदेश विभाग प्रमुखमा माधव कुमार नेपाललाई हटाएर डा. राजन भट्टराईलाई उक्त जिम्मेवारी दिईएको छ ।