Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कृष्ण र रचानाको स्वरमा प्रमिला बस्नेतको नयाँ गीत सार्वजनिक

Thursday, March 11, 2021 National Power

 

काठमाण्डौ – कृष्ण र रचानाको स्वरमा प्रमिला बस्नेतको नयाँ गीत कृष्ण काफ्ले र रचना रिमालको स्वरमा घरीघरी बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।

प्रमिला वस्नेतको सब्द रहेको यो गीतमा सरोज प्यकुरेलको संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । प्रवासमा बसेर पनि गीत संगीतलाई माया गर्ने प्रमिला बस्नेत गीतकारका अतिरिक्त गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पनि हुनुहुन्छ ।

उहाँले यो भन्दा अगाडी पनि धेरै गीत लेखी सक्नु भएको छ कुसन थापाको मिक्सीङ मास्टरिङ भएको यो गीतको भिडियो पनि तयार भएर रिलिज भैसकेको छ । कृष्ण काफ्ले र समिक्षा पोखरेलको अभिनय रहेको यो गीतलाई प्रहिल कार्कीले निर्देशन गर्नु भएको छ भने गीतमा छायांकन आभाष वर्जाचार्यको रहेको छ । दुई प्रेमीको लभस्टोरीलाई समेटिएको यो गीतमा समिक्षा पोखरेल र कृष्ण काफ्ले दुबैको जोडदार अभिनय रहेको छ ।