Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली

Monday, March 1, 2021 National Power

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि यतिवेला सम्पूर्ण रुपले प्रहार भएको भन्दै शारीरिक हमला नै भयो र भोलि ज्यान तलमाथि भयो भनेपनि अनौठो नमान्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो गम्भीर कुरा गरेका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला । म रहिनँ भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तीनका मतियाहरुसँग घुँडा टेक्नुहुँदैन् । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिनुहुँदैन ।’