Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ

Thursday, February 25, 2021 National Power

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता महेश बस्नेतले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्ने गरेको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिलाई कुनै धक्का नलागेको टिप्पणी गरेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको पक्षमा नै जनता रहेको दाबी गरे । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपालले सत्ता लिप्सा देखाएको गम्भीर आरोप लगाएका छन् । प्रचण्ड र माधव नेपालहरुले खाएको लड्डु अब दुई चार दिनभित्रै तितो हुने पनि उनको टिप्पणी छ ।