Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले भने– शिरमा देश र मनमा मधेश राखेर जन्मभूमिका लागि काम गर्छु

Monday, February 22, 2021 National Power

काठमाण्डौ – प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) ले शिरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिका लागि कार्य थालनी गर्ने बताएका छन् ।

आइतबार प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा पद बहालीपछि प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभाव सहितको समाज निर्माणमा आफूले भूमिका निर्वाह गर्ने बताए । उनले प्रदेश २ मा सुशासन, सद्भाव र समभाव र समृद्धि कायम गर्न गराउन प्रदेश सरकासँग आफ्नो सहकार्य रहने बताए ।
उनले जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरिक्षत हुनसक्ने भन्दै प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा आफ्नो भूमिका रहने बताए ।
प्रदेश प्रमुख झाले भने, ‘प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्छ । देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापना, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो छ ।’
पदभार ग्रहण गर्दै उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ मा आफूले काम गर्ने सौभाग्य पाएको जिकिर गरे । उनले सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पु¥याउन सक्नुपर्ने बताए ।
प्रदेशभित्र प्रत्येक नागरिकले पूर्ण सुरक्षाको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिँदै उनले प्रत्येकको भूमि, भावना र भविष्यको सुनिश्चितता प्रदान गर्न सबैले बल पु¥याउनुपर्ने बताए ।

प्रदेश प्रमुख झालाई प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहित प्रदेशका प्रमुख सचिव धु्रव गैरे, ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल लगायतकाले पदभार ग्रहण गर्ने क्रममा स्वागत गरेका थिए ।

आइतबार अपराह्न जनकपुरधामस्थित विमानस्थलमा ४ बजेर ४५ मिनेटमा विमानबाट अवतरण गरेका प्रदेश प्रमुख झालाई प्रदेश नम्बर २ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहले औपचारिक स्वागत गरेका थिए भने नेकपा ओली समूहका कार्यकर्ताले एक सय एक किलोको फूलको माला लगाएर स्वागत गरेका थिए ।

प्रदेश प्रमुख झा विमानस्थलबाट सोझै जानकी मन्दिरमा पूजापाठ तथा दर्शनका लागि गएका थिए । त्यसलगत्तै उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।